
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौंको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरिएको छ । ललितपुर घर भएकी एक युवती र गोरखा घर भएकी अर्की युवती छुरा प्रहारबाट घाइते भएका छन् ।
भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन ।
घटना युवकको कोठामा भएको हो । छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij