काठमाडौं । प्रहरीले काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन ।
काठमाडौँमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले बताए ।