Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

  • काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो ।

    images
    images
    images

    बिहान ११ बजे बस्ने शिक्षा समितिको बैठकमा सुरक्षा मुद्रण विधेयकबारे छलफल गरिने कार्यसूची छ ।

    बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल गरिने कार्यसूची छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैंगिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij