Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेदेखि

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेदेखि

  • काठमाडौं । प्रतिनिधि मनोनयनका क्रममा विवाद हुँदा रोकिएको नेकपा (एमाले)को धादिङ जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गते सुरू हुने भएको छ ।

    images
    images
    images

    अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवरूद्ध बन्दसत्र फागुन १ गते बिहान ११ बजे सुरू हुने जानकारी दिए । यसअघि माघ १९ गते अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको बैठकमा तनाव भएको थियो ।

    त्यसक्रममा जिल्ला कमिटीका सदस्य र नेताहरूबीच हुलहुज्जत र धक्कामुक्का हुँदा नेता सन्तोष खनालको हात भाँचिएको थियो । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरूलाई काठमाडौं झिकाएर छलफल गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij