
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल प्रहरीका पूर्वसई बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ । ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij