Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पश्चिम नवलपरासीमा सुन व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीमा सुन व्यवसायीमाथि गोली प्रहार

  • काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै अज्ञात समूहले एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ ।

    images
    images
    images

    गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

    उनको देब्रे पाखुरामा गोली लागेको छ । विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरिएको पाइएको छ । पसल बन्द गरेर फर्कदै  गर्दा लुटेरा आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij