
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
ग २३ प १५५९ नम्वरको मोटरसाइकल पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटना हुँदा सहायक हवल्दार राना र सोही मोटरसाइकलमा सवार विकास कुमार पुन घाइते भएका थिए ।
उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा सहायक हवल्दार रानाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । घाइते पुन भने उपचाररत छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij