Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

केन्द्रीय बैंक फेरि पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै

केन्द्रीय बैंक फेरि पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ । बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने केन्द्रिय बैंकले जनाएको हो ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो । राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

    बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । 

    केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij