Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पेस्तोल र लागुऔषधसहित तीन जना पक्राउ

पेस्तोल र लागुऔषधसहित तीन जना पक्राउ

  • काठमाडौं । पेस्तोल र लागुऔषधसहित सप्तरी प्रहरीले मोटरसाइकल चोरीका आरोपित तीन जनालाई पक्राउ गरेको छ । सप्तरीको महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षीय सुमित मण्डल, भारतको बिहार मधुवनीका २७ वर्षीय रणवीर यादव र विभस यादवलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    images
    images
    images

    गत शुक्रबार राति ११ बजे राजविराज–६ स्थित सानिमा बैंक अगाडि पार्किङ गरी राखेको प्र. २–०१–००१ प ८६१४ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

    चोरीमा संलग्नको खोजी गर्ने क्रममा सोमबार दिउँसो मण्डललाई कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ८ एमएम लेखिएको गोली १ थान, ६०२ ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij