
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ ।
बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कर्णालीको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट ३ र नेकपा एमालेबाट तीन गरी कूल ६ जना उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु हुनेछ । मतपरीणाम आजै आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij