काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।
उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भइरहेको छ । बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ ।
यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन् ।