Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

कांग्रेस नेतृ पोखरेलको १०२ वर्षको उमेरमा निधन

कांग्रेस नेतृ पोखरेलको १०२ वर्षको उमेरमा निधन

  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको निधन भएकाे छ । पाेख्रेलकाे १०२ वर्षको उमेरमा मंगलबार बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हाे ।

    images
    images
    images

    प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो ।

    images

    उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् । गोबर्द्धन शर्माको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो ।

    उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए । द्रौपदाको चार छोरा छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij