Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

  • काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो ।

    images
    images
    images

    रातिदेखि कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । 

    सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न गराउन पनि आचारसंहिताले रोक लगाएको छ ।

    आज रातिदेखि कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी पनि गर्न पाइने छैन ।

    यसैगरी आजसम्ममा मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij