Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

  • काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरपछि राष्ट्रिय योजना आयोगका सहसचिव परियारलाई पठाएको हो ।

    images
    images
    images

    महानगरको स्वास्थ्य विभागको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै प्रशासकीय अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।

    सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो । अधिकारी योबिचमा बिदामा बसेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij