
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।
केही दिनअघि साम्पाङ आफैँले उपकुलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी भए पछी सञ्जीवकुमार साहले रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij