Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । बलात्कार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । लमही नगरपालिका–९ का ४० वर्षीय रवि घर्ती पक्राउ परेका हुन् । दाङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै घर्तीलाई २०७८ साल पुस १६ गते आठ वर्ष कैद सजाय र नगद एक लाख जरिवानाको फैसला सुनाएको थियो ।

    images
    images
    images

    त्यसपछि फरार रहँदै आएका घर्ती लुकिछिपी बस्दै आएका थिए । गोप्य सूचनाका आधारमा लुकिछिपी बस्दै आएका घर्तीलाई पुस २६ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । पक्राउ पछि पुस २९ गते घर्तीलाई अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij