
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । स्याङ्जा कालीगण्डकीमा बसको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कालीगण्डकी ७ आँधीमुहानका ३० वर्षीय अजित बोटेलाई ग१ख ४१५० नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
जयपतेबाट रिडी तर्फ जाँदै गरेको बसले आँधीमुहान ड्याम स्थित भित्रि सडक खण्डमा पैदल यात्री बोटेलाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिइ घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ईन्द्र बहादुर रानाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij