
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठममााडौं । बाँके खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टीमले बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो ।
भारतबाट ल्याएको मोटरसाइकल समेतको युरिया मल छुट्याइदिने भन्दै असइ भण्डारीले घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij