Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

क्यानद्वारा सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिबिधिबाट निलम्बन

क्यानद्वारा सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिबिधिबाट निलम्बन

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै अदालतले दोषी  ठहर गरेको  भन्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    विज्ञप्तीमा लामिछानेलाई घरेलु र अन्र्तराष्ट्रिय सबै किसिमका गतिविधिबाट पूर्व कप्तान लामिछानेलाई निलम्बन गरिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

    हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ । सजाय निर्धारण लगत्तै सन्दीपले माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । सोही बमोजिम आज क्यानले विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij