
Jun 18 2025 | २०८२, असार ४ गते
काठामाडौं । नेकपा एमाले अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।
धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजकसमेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो । उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।
सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij