
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको घट्टेकुलोबाट प्रहरी लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरलाई पक्राउ गरेको हो । प्रहरीले मानन्धरसँगै गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम र ७ सय ५४ ग्राम गाँजा नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij