
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन ।
जयशङ्करले आज त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij