Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

  • काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बुधबार अदालत थुनछेक बहसका लागि लगेका बेला हतकडीसहित भागेका ३२ वर्षीय कमल खडकालाई प्रहरीले बिहीबार बिहान प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर टेकुबाट खटिएको टोलीले जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    बुधबार बिहान १० बजेतिर ठगी मुद्दामा पक्राउ परेका खड्कालाई थुनछेक बहसका लागि प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं जिल्ला अदालत लगेको थियो । त्यही बेला उनी अदालत परिसरबाटै हतकडीसहित भागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij