
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन् । गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन् ।
सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएका सो पार्टीका अध्यक्ष सिके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवि सहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई राखिएको महेन्द्र पुलिस क्लबमा पुगेर गृहमन्त्री श्रेष्ठले हिरासतमुक्त गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij