
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । एक व्यक्तिलाई अपहरण गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
गत मंसिर १० गते आफूलाई अपहरण गरी साढे १३ लाख रुपैयाँ फिरौती लिएर छाडिएको पीडित व्यक्तिले दाबी गरेका छन् । रसुवा घर भएका एक व्यक्तिलाई एउटा समूहले नियन्त्रणमा लिएर रकम लिएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij