
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । काभ्रेमा कोठाभित्र गुम्सिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कोठाभित्र गुम्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका-१ का पूर्ववडा अध्यक्ष कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती असनी लामा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको हिटर र कोइला तापेर सुत्दा निस्सासिएर मृत्यु भएको प्रहरीको भनाइ छ । लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij