
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालको धनकुटा जिल्ला समिती पुनर्गठन भएको छ । धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिती पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिव डम्बर कटवाल, उपसचिव नारायण जुन राई, कमल भन्डारी र कोषाध्यक्ष नाचुराम राई चयन भएका छन । पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज आरसी तुम्बालगायत उपस्थित रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij