
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो ।
उक्त मुद्दाको आइतबार फैसलाका लागि पेसी तोकिएको छ । यसअघि नै वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् ।
गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij