
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । श्रीलङ्काका विदेशमन्त्री अली साब्री र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार राति प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो । भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
श्रीलङ्काका विदेशमन्त्री साब्री बुधबार चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आउनुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij