
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थलम तोकेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले मतदानस्थलसँगै मतदान केन्द्र पनि तोकेको हो ।
गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की । लुम्विनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ ।
त्यस्तै, कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा र वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुरका लागि मतदानस्थल तोकिएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij