
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । बाँके प्रहरीले मातहतका कर्मचारीसँग रकम संकलन गरेर हालै सवारी-साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल ओलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ ।
मंसिर २८ गते बाँकेकाे मदनचाेक बिटमा डिउटीमा रहँदा प्रहरी जवान ओलीलाई जीपले ठक्कर दिदाँ उपचारकाे क्रममा त्यही दिन मृत्यु भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी र इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीले रुकुम-पश्चिम मुसीकाेट पुगेर मृतक प्रहरी जवान ओलीकाे परिवारलाई २ लाख सन्ताउन्न हजार नाै सय अठासी रुपैयाँ सहयाेग गरेकाे हाे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij