
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार म्हैपीमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको छ ।
लौदारीको ढोकाको ताल्चा चोरले फुटाइ डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij