
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । यात्राका क्रममा भोजपुर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुकुरी उपहार पाएका छन् । यात्राअन्तर्गत भोजपुरको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाट कार्यक्रममा पौवादुङ्वा गाउँपालिकाका अध्यक्ष किरण राईले अध्यक्ष ओलीलाई खुकुरी उपहार दिएका हुन् ।
भोजपुर खुकुरीका लागि प्रसिद्ध भएकाले गाउँपालिकाको तर्फबाट एमाले अध्यक्ष ओलीलाई खुकुरी उपहार दिइएको हो ।
देशी विदेशी शक्तिले षड्यन्त्रपूर्वक एमालेको सरकार ढालेको दाबी गर्दै उनले फेरि पनि देशलाई अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij