
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।उपमहानगरका प्रतिनिधिहरुसहित उनी प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
सो क्रममा उनले धरानको समग्र विकासका एजेण्डाबारे छलफल गरेका हुन् । उनले खानेपानीको समस्याको स्थायी समाधानको लागि केन्द्रबाट सहयोग हुनुपर्ने, धरानमा एयरपोर्ट निर्माणलगायतका विषयमा प्रधानमन्त्री दाहालको सहयोग मागेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij