
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट र स्टुडेन्ट भिसामा गएका दुई सय नेपाली रुसी सेनामा भर्तीको भएको औपचारिक जानकारी प्राप्त भएको बताएका हुन् ।
उनले ती नेपालीको खोजी जारी रहेको पनि बताएका छन् । उनले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पनि प्रयत्न भइरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij