
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सिंगो टीम सिन्धुपाल्चोकको सीमाना दोललघाट पुगेको हो । दोललघाट पुगेका अोलीले त्यहाँ माछा तारेका छन् । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई स्वागत गरेका थिए ।
माछा तारेकोबारे ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ। यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij