Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट नाम निकाले

कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट नाम निकाले

  • काठमाडौं । राष्ट्रिय सभामा जानका लागि नेपाली कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट आफ्नो नाम निकालेका छन् । उनीहरुले समानुपातिक सूचीमा भएकाहरु राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार हुन नपाउने नियम बनेपछि आफ्नो नाम निकालेका हुन् ।

    images
    images
    images

    गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारले समानुपातिक सूचीबाट नाम निकालेका छन् । उनीहरु गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेका थिए ।

    समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij