
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालयको बैठक आज बस्दैछ । बुधबार साँझ ५ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकअघि केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ ।
महोत्तरीको जलेश्वरमा बसेकाे केन्द्रीय समितिको बैठकमा थपिएका पदाधिकारीसहित सचिवालय सदस्य १२ बनाइएको छ । सहप्रवक्ताबाहेक सबैलाई रास्वपाले सचिवालय सदस्य बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij