
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको नालीमा घोप्टो अवस्थामा पुरुष मृत फेला परेको र हालसम्म ती पुरुषको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij