Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जुवातास खेलिरहेका १४ जना पक्राउ

जुवातास खेलिरहेका १४ जना पक्राउ

  • काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत ९ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले नगद ६१ हजार ५ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    त्यस्तै, काठमाडौँ महानगरपालिका-३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । काठमाडौँ चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले नगद ४८ हजार ५ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij