
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बागमति प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका प्रदेश प्रमुख गुरुङलाई दिएका हुन् ।
बागमतिका प्रदेश प्रमुख यादवचन्द्र शर्मा भोलिदेखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij