Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चन्द्रनगर गाउँपालिकामा गाउँसभा नै हुन सकेन

चन्द्रनगर गाउँपालिकामा गाउँसभा नै हुन सकेन

  • काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो ।

    images
    images
    images

    असार मसान्तमा नै गरिसक्नु पर्ने गाउँसभा चार महिना बितिसक्दा पनि हुन नसकेको स्थानीय शिवराम महतोले बताए । वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं एकल महिलाले सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्माचारी तलब पाएका छैनन् । 

    गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij