
Apr 11 2025 | २०८१, चैत २९ गते
ललितपुर । ललितपुर महानगरपालिका – ११ खोल्चा पोखरीस्थित इन्जिनियर कलेजको ग्राउण्डमा ५औँ मेयर कप टेबल टेनिसको उद्घाटन समारोह सम्पन्न भएको छ । महानगरपालिका वडा न ११ का अध्यक्ष एवंम् पाँचौं मेयर कप टेबलटेनिस प्रतियोगिता मुल समारोह समितिका अध्यक्ष श्री अरोज कुमार खड्गी ज्यु सभापतित्वमा उक्त कार्यक्रम गरिएको थियो ।
प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सो प्रतियोगिता ५ दिन सम्म सन्चालन हुनेछ । प्रतियोगितामा जम्मा जम्मी ४०० जना खेलाडिहरुको सहभागिता रहने जनाइएको छ ।
यस टेबलटेनिस प्रतियोगिताका मुल समारोह समितिका संयोजक नदिन रत्न शाक्य रहेका छन् भने ललितपुर जिल्ला अध्यक्ष एवम् समितिका उपाध्यक्ष तथा कार्यक्रम ब्यबस्थापन समितिका संयोजक श्री राजिप बज्राचार्य रहेका छन् ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा उपप्रमुख श्री मञ्जरी शाक्य, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री बिनोद महर्जन लगायत अन्य गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij