Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

सुरक्षा कारबाहीमा २३ आतङ्ककारी मारिए

सुरक्षा कारबाहीमा २३ आतङ्ककारी मारिए

  • काबुल । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले  सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ । 

    images
    images
    images

    उरुज्गान प्रान्तमा ११ आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ आतङ्ककारी मारिनुको साथै अन्य पाँच घाइते भएका पनि सो स्रातले थप जानकारी दिएको छ । 

    images

    अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त  भएको छ । तापनि सन्ण् २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्ष्य गर्दै आक्रमण गर्ने गरेका छन् । सो आक्रमणहरुमा बारम्बार सर्वसाधारणले ज्यान गुमाउने क्रम जारी नै रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij