
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जाजरकोट भूकम्प पीडितका लागि नेपाल बैंक लिमिटेडले ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत यस प्रकारको सहयोग जारी रहने कार्यक्रममा अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने गरी सहयोग गरिएको छ ।सो कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी, वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij