
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । दुई लाख २२ हजार ९६० रुपैयाँको रहेको शव चिस्यान सेवा नगरवासीलाई निशुल्क उपलब्ध गराइने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवाको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।
चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाले यसअघि विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि नगद ५ हजार र निशुल्क शव बाहन पनि दिँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij