Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

राजावादीको मोर्चा बनाउन कमल थापाको प्रस्ताव

राजावादीको मोर्चा बनाउन कमल थापाको प्रस्ताव

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी दल र समूह सम्मिलित मोर्चा गठनको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सोमबार बिहान सबै राजावादी दल र समूहलाई एक ठाउँमा ल्याउनका लागि मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

    images
    images
    images

    स्रोतका अनुसार थापाले आजै विज्ञप्तिमार्फत मोर्चा गठनको औपचारिक आह्वान गर्ने तयारी छ । नेपालमा राजतन्त्र फर्काउनु पर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतले गरिरहेका छन् । त्यस्तै दुर्गा प्रसाई‌ समूह बनाएर आन्दोलनमा लागेका छन् ।

    images

    राजावादीहरूले एक अर्कालाई नस्वीकार्ने र आपसमा मिल्न नसक्ने देखेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मोर्चाको नेतृत्वका लागि आग्रह गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij