
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाल प्रहरीले ३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ । रञ्जु सिग्देल, अनुपम शम्शेर जबरा र राजेन्द्रप्रसाद धमलाको प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत विभागले काज सरुवा गरेको हो । प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरबाट सिग्देल प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमा खटाइएका छन् ।
त्यस्तै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा रहेका जबरालाई नेपाल प्रहरी-सशस्त्र प्रहरी गण नं. १ नक्साल र धमलालाई प्रहरी प्रधान कार्यालय कानून शाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij