
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले २ अर्ब ९२ करोड ९६ लाख ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको २७.११ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाले १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक राजस्व संकलनको लक्ष्य राखेको छ । गत वर्ष सोही अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij