काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण दिन लागेका छन् । विराटनगरस्थित रंगी होटलमा मोरङ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष यादवले आजदेखि प्रशिक्षण दिन लागेका छन् ।
दुईदिवसीय प्रशिक्षणमा जिल्ला अन्तर्गतका केन्द्रदेखि स्थानीय तहका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेका छन् । यादवले नेपालको वर्तमान राजनीति, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयमा प्रशिक्षण दिने बताइएको छ ।